टाटा सुमो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

टाटा सुमो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • टाटा सुमो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

     रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकामा टाटा सुमो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमाहानगरपालिका–१५ बस्‍ने तुलसी ओझा र मोरङ्गको सुन्दरहरैचा नगरपालिका–११ बस्‍ने विवश बास्कोटा रहेको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । 

     चन्द्रपुर नगरपालिका वडा–४ स्थित पूर्वपश्चीम राजमार्गको धन्सार पुल नजिकै पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको टाटा सुमो र पुर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकल एक आपसमा ठोकिएको थियो । दुर्घटना पश्चात प्रहरीले टाटा सुमो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij