काठमाडौं । हेटौडा उपमहानगरपालिका–१०, बसपार्कस्थित एक होटलमा युवती मृत भेटिएकी छन् । हेटौडा–११ थानाभर्याङकी एलिसा न्यौपाने होटलमा मृत फेला परेकी हुन् ।
न्यापाने होटलको कोठा नम्बर २०५ मा सोमबार बिहान ११ बजे मृत फेला परेकी हुन् । शवलाई हेटौंडा अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान अबेरसम्म ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । उनी हिजो अपरान्ह ५ बजे एक युवकसँग होटलमा आएको र ती युवक राति करिब ९ बजे होटलबाट बाहिरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।