गौशालाबाट नक्कली नोट र लागूऔषधसहित ३ जना पक्राउ

गौशालाबाट नक्कली नोट र लागूऔषधसहित ३ जना पक्राउ

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • गौशालाबाट नक्कली नोट र लागूऔषधसहित ३ जना पक्राउ

    काठमाडौं । प्रहरीले नक्कली नोट र लागूऔषधसहित काठमाडौंको गौशालाबाट दुई जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं जिल्ला प्रहरी परिसरले झापा गाउँपालिका–५ घर भएका ३० वर्षीय एराजुल हक, इलामको फाकफोकथुम गाउँपालिका–३ घर भएका ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामकै सूर्याेदय नगरपालिका–३ घर भएका ४७ वर्षीय बोधचन्द्र नामचुङलाई पक्राउ गरेको हो । उनीहरू तीनै जना काठमाडौं महानगरपालिका–९ मा बस्दै आएका प्रहरीले जनाएको छ ।

    उनीहरूको साथबाट एक हजार दरको २५ थान र पाँच सय दरको तीन सय ४१ थान गरी एक लाख ९५ हजार पाँच सय रुपैयाँ नक्कली नोट बरामद भएको छ । यसैगरी सात ग्राम ८१ मिलिग्राम खैरो हिरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij