रामेछाप पहिरो : थप एक जनाको शव भेटियो, ३ जना अझै बेपत्ता

रामेछाप पहिरो : थप एक जनाको शव भेटियो, ३ जना अझै बेपत्ता

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • रामेछाप पहिरो : थप एक जनाको शव भेटियो, ३ जना अझै बेपत्ता

    काठमाडौं । दोरम्बा सैलुङ गाउँपालिका ३ लेखर्कमा गएको पहिरोमा हराएका मध्ये थप एक जनाको लास भेटिएको छ । शनिवार राति गएको पहिरोले ६ घर बगाएको थियो भने ११ जना बेपत्ता भएका थिए । ११ जना मध्ये १ जनालाई जीवितै उद्धार गरिएको थियो भने ६ जनाको लास आइतबार नै भेटिएको थियो । 

    अविरल वर्षाका कारण आइतबार ४ बजे पछि खोजी कार्य स्थगित गरिएकोमा सोमबार बिहान करिब ८ बजे पछि पुनः खोजी कार्य सुचारु गरिएको थियो । नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीले संयुक्त रूपमा खोजी कार्य जारी राखेको थियो ।

    सोमबार थप एक जनाको लास फेला पारेको छ । टोलीले सोमबार ७५ वर्षीय पुड्की पहरीको लास फेला पारेको हो । यो सहित उक्त पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ भने ३ जना अझै बेपत्ता छन् । 

    पहिरोमा परि मृत्यु हुनेमा ३० वर्षीय चण्डिका थापा मगर¸ १८ महिने नाबालक आसम थापा मगर¸ ४० वर्षीय उर्मिला पहिरी¸ १७ वर्षका सन्दीप पहरी¸ वर्ष १८ का विज्ञान पहरी र १४ वर्षका सन्तोष पहरी रहेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij