दुर्घटनामा परेको बस निकाल्न आज १० बजेसम्म पृथ्वी राजमार्ग बन्द

दुर्घटनामा परेको बस निकाल्न आज १० बजेसम्म पृथ्वी राजमार्ग बन्द

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • दुर्घटनामा परेको बस निकाल्न आज १० बजेसम्म पृथ्वी राजमार्ग बन्द

    काठमाडौं ।  तनहुँको आबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट मर्स्याङ्दीमा खसेको बस सोमबार निकालिने भएको छ । बस निकाल्न ठुला उपकरण प्रयोग गर्नुपर्ने भन्दै स्थानीय प्रशासनले भदौ १० मा बिहान साढे ६ बजेबाट १० बजेसम्म पृथ्वी राजमार्गको सो खण्ड बन्द गर्ने निर्णय गरिएको छ । 

    पृथ्वी राजमार्गको ऐनपहरा खण्ड बिहान १० बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएकाे छ । भदौ ७ मा भारतीय नम्बर प्लेट–७६२३ नम्बरको बसमा सवार २७ जना भारतीय नागरिकको मृत्यु भएको थियो । दुर्घटनामा परेका घाइतेहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदैछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij