सुनकोशी नदीमा खसेको जीप भेटियो, बेपत्ता तीन जनाको खोजी कार्य जारी

सुनकोशी नदीमा खसेको जीप भेटियो, बेपत्ता तीन जनाको खोजी कार्य जारी

आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • सुनकोशी नदीमा खसेको जीप भेटियो, बेपत्ता तीन जनाको खोजी कार्य जारी

    काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जीप भेटिएको छ । गोताखोरको टोलीले बेपत्ता प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको जीप क्षतिग्रस्त अवस्थामा गएराति फेला पारेको हो ।

    खोटाङको हलेसीबाट काठमाडाैंका लागि छुटेको जीप हिजो बेलुका सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो । मध्यपहाडी लोकमार्गमा गुडिरहेको जीप सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता छन् । उनीहरुको अवस्था अझै थाहा हुन सकेको छैन ।

    प्रहरी चाैकी ग्वालटार,सिन्धुलीका अनुसार गाडी खस्दा चालक भक्तपुरको सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।

    हाम फालेर ज्यान जोगाएका अर्का एक जना सुशान्त कक्षपति घाइते छन् । उनको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बेपत्ताको खोजी भइरहेको र खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहित प्रहरी टोली खटिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij