सोलुखुम्बुमा पहिरोले इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सोलुखुम्बुमा पहिरोले इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • सोलुखुम्बुमा पहिरोले इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ स्थित चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव अवरुद्ध भएको छ । पहिरोका कारण नदी थुनिएर अस्थायी बाँध बनेपछि तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ ।

    कोशी प्रदेश सरकारले अस्थायी बाँध फुटेमा एकैपटक ठूलो मात्रामा पानीको बहाव बढ्न सक्ने जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले अस्थायी बाँध फुट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सावधानी अपनाउन आवश्यक रहेको बताएका छन् ।

    सरकारले इङ्खुखोला, दूधकोशी र सप्तकोशी नदीका तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । नदीको बहावमा अचानक वृद्धि हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij