शीर्ष ६ को दौडमा नेपाल, ओमानविरुद्ध निर्णायक भिडन्त

शीर्ष ६ को दौडमा नेपाल, ओमानविरुद्ध निर्णायक भिडन्त

सोमवार, कार्तिक ३ २०८३
सोमवार, कार्तिक ३ २०८३
  • शीर्ष ६ को दौडमा नेपाल, ओमानविरुद्ध निर्णायक भिडन्त

    काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । लिग–२ को शीर्ष ६ मा रहँदै छैटौँ स्थान सुरक्षित गर्न नेपाललाई जित्नैपर्ने दबाब छ ।

    ओमानको अल अमिरेत रंगशालामा हुने खेल नेपाली समयअनुसार सोमबार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

    लिग–२ को अंकतालिकामा नेपाल ३५ खेलबाट २८ अंक जोड्दै सातौँ स्थानमा छ । नेपालले ओमानलाई पराजित गर्न सके छैटौँ स्थानमा उक्लिनेछ । तर, पराजित भए नेपाल सातौँ स्थानमै रहेर लिग–२ को यात्रा टुंग्याउनेछ । यस्तो अवस्थामा क्यानडाले शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

    नेपालले यसअघि नै एकदिवसीय विश्वकप छनोटमा सीधै स्थान बनाउने अवसर गुमाइसकेको छ । यद्यपि, नेपालले प्लेअफ खेल्नेछ ।

    यता, ओमान ३१ खेलबाट ३३ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा छ । ओमानले एकदिवसीय विश्वकप छनोटमा आफ्नो स्थान यसअघि नै पक्का गरिसकेको छ ।

    नेपालले यस सिरिजका सुरुआती दुई खेलमा ओमान र क्यानडालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा क्यानडासँग पराजित भएपछि नेपालको शीर्ष ६ मा रहने सम्भावना अन्तिम खेलको नतिजामा निर्भर बनेको हो ।

    ओमानले पनि सिरिजको पहिलो खेलमा क्यानडालाई हराएको थियो । त्यसपछि भने ओमान नेपाल र क्यानडासँग पराजित भएको थियो ।

    आजको खेलमा जित निकाल्दै नेपाल शीर्ष ६ मा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij