रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य

रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य

मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  • रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २६४ रनको लक्ष्य दिएको छ । अल अमिरातमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको हो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ६७ बलमा ६१ रन बनाए । त्यस्तै, करण केसीले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै नेपालको योगफल उकासे । उनले मात्र १६ बलमा ४ छक्का र १ चौकाको मद्दतमा अविजित ४० रन जोडे ।

    नेपालका लागि अर्जुन कुमालले ४० रन बनाउँदा इर्शान पाण्डे र बसिर अहमदले समान ३७–३७ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरीले २२ रन जोडे ।

    बलिङतर्फ ओमानका शकिल अहमद, करण सोनाभेल र शाह फैसलले समान २–२ विकेट लिए । हसनइन शाहले १ विकेट हात पारे ।

    नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याउँदै ओमान अब ब्याटिङमा उत्रनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij