अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कका सम्बन्धमा प्रकाशितरप्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आज एक विज्ञप्ति जारी गर्दै ‘१८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना व्यक्ति पार्टीको सदस्य रहेको’ भनी आएका समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । 

    विज्ञप्तिमा भनिएको छ, “१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा संलग्न गराउने कार्य न रास्वपाको नीति हो, न अभ्यास, न त कुनै संस्थागत उद्देश्य नै हो ।”

    डिजिटल सदस्यता प्रणालीमा ‘आवेदन’ दिएका तर ‘अन्तिम स्वीकृति’ नपाएका प्रारम्भिक विवरणलाई महाधिवेशनमा कच्चा तथ्याङ्कका रूपमा प्रस्तुत गरिएको रास्वपाले जनाएको छ । 

    सदस्यताका लागि अनलाइनबाट जोसुकैले आवेदन दिन सक्ने खुला व्यवस्था भएकाले आवेदन फारम भर्ने क्रममा टाइपोग्राफिकल त्रुटि, पात्रो प्रणालीको गलत छनोट वा अन्य प्राविधिक कारणले उमेर विवरणमा फरक परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विज्ञप्तिमा जनाइएको छ । 

    हालसम्म पार्टीको डिजिटल प्रणालीमा पाँच लाख २३ हजार ४६५ आवेदन दर्ता भएकामा ३ लाख ९० हजार ११२ जनाको नागरिकतालगायत आधिकारिक प्रमाणसहित प्रमाणीकरण भइसकेको र बाँकी प्रक्रियामा रहेको महामन्त्री आचार्यले जानकारी दिए।

    रास्वपाले यस विषयलाई गम्भीरतापूर्वक लिँदै आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिन प्राविधिक नियन्त्रण लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । हालको सदस्यता प्रणालीको पुनरावलोकन गर्दै १८ वर्षमुनिका विवरण स्वतः अस्वीकृत हुने प्रणाली विकास गर्ने र प्रमाणीकरण भइसकेका विवरणहरूको पुनःपरीक्षण गर्ने रास्वपाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij