सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी

सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी

बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी

    काठमाडौं । मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको छ ।

    शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको हो । यस्तै, २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि (आइटी तथा आइसिटी) प्रयोगशाला विस्तार भएको छ ।

    विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार छ सय आठ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) निर्माण भएको मन्त्रालयले जनाएको छ । विद्यालयमा वैकल्पिक स्रोतबाट ६९ दशमलव ६ प्रतिशत विद्युत् पहुँच पुगेको छ । मुलुकभर धार्मिक प्रकृतिका विद्यालयसमेत गरी ३५ हजार नौ सय ५१ विद्यालय सञ्चालनमा छन् । तीमध्ये २७ हजार १० सामुदायिक विद्यालय  छन् ।

    विद्यालय पूर्वाधारतर्फ २०७२ को भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत सात हजार छ सय ६७ विद्यालयको निर्माण सम्पन्न भएको छ भने थप १४ विद्यालय निर्माणाधीन छन् ।

    पश्चिम नेपालमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयमध्ये सरकार तथा विभिन्न विकास साझेदारको सहयोगमा दुई सय १६ विद्यालयको पुनर्निर्माण भइरहेका मन्त्रालयले जनाएको छ । दुई हजारभन्दा बढी विद्यार्थी भएका ३६ विद्यालयमा थप पूर्वाधार विकासअन्तर्गत १२ कोठे भवन निर्माण भइरहेका छन्  ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij