काठमाडौं । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मुल्य भारी मात्रामा घटाएको छ । निगमले आज बिहानदेखि लागु हुनेगरी पेट्रोलमा २० रूपैयाँ, डिजेल र मट्टितेलमा ३० रूपैयाँ, ग्याँसमा एक सय रूपैयाँ घटाएको हो ।
निगम सञ्चालक समितिको मंगलबार बसेको वैठकको निर्णयानुसार पेट्रोलीयम पदार्थको मूल्य घटाइएको हो ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको जनाएको छ।
मुल्य घटेसंगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेलरमट्टितेलको मूल्य क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गमा १९२ रुपैयाँ ५० पैसा, १९४ रुपैयाँ र १९५ रुपैयाँ कायम भएको छ ।
हवाई इन्धन आन्तरिकतर्फ २२९ रुपैयाँ कायम भएको निगमले जानकारी दिएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०६० र आधा सिलिन्डर १०३० रुपैयाँ कायम भएको छ ।
मध्य पुर्वमा द्वन्द्व चर्किएसंगैपेट्रोलीयम पदार्थको मूल्य आकाशीएको थियो । अहिले इरान र अमेरिकाबीच तनाव मत्थर भएसंगै अन्तर्राष्ट्रिय वजारमा मुल्य पहिलेकै अवस्थामा पुग्ने क्रममा रहेको छ ।