राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी

मंगलवार, आषाढ १६ २०८३
मंगलवार, आषाढ १६ २०८३
  • राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । 

    राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘क’  अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ । ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने जनाएको छ । 

    काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर ९दशमलव पछिको हकमा चार अङ्कसम्म० उल्लेख गर्नुपर्ने बताइएको छ । राष्ट्र बैंकल न्यूनतम रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij