आज र भोलि भारीदेखि धेरै भारी वर्षाको सम्भावना, कहाँ कहाँ छ बढी असर ?

आज र भोलि भारीदेखि धेरै भारी वर्षाको सम्भावना, कहाँ कहाँ छ बढी असर ?

मंगलवार, आषाढ १६ २०८३
मंगलवार, आषाढ १६ २०८३
  • आज र भोलि भारीदेखि धेरै भारी वर्षाको सम्भावना, कहाँ कहाँ छ बढी असर ?

    काठमाडौं । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले दुई दिनअगाडि नै विशेष बुलेटिन जारी गर्दै भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन सचेत गराएको थियो ।
     
    आज र भोलि मनसुनी गतिविधि बढ्ने र मधेस, कोसी, वाग्मती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यी प्रदेशका एकरदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको बिभागको भनाइ छ । 

     
    देशका पहाडी र तराई भूभागका धेरै स्थान तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने क्रममा रहेकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो ।
     
    भारीदेखि धेरै भारी वर्षाको कारण भूक्षय, बाढी, पहिरोको  जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने विभागले जनाएको छ । वर्षाको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने विभागलेको भनाइ छ । 

    सप्तरीको कञ्चनपुर हनुमाननगरमा पछिल्लो ६ घन्टा १०९ मिमि वर्षा भएको बताइएका छ । लुम्बिनी पश्चिमदेखि  सुदूरपश्चिम भागमा आज रातिको बिहानीपखको समयमा बढी वर्षाको पूर्वानुमान रहेको बिभागले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij