जिप दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको मृत्यु

जिप दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको मृत्यु

शनिवार, आषाढ १३ २०८३
शनिवार, आषाढ १३ २०८३
  • जिप दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको मृत्यु

    बुटवल । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ।

    शनिबार स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटनामा पर्दा उपप्रमुख राना मगरको मृत्यु भएको हो।

    प्रहरीका अनुसार राना आफैंले जिप चलाइरहेका बेला सवारी साधन सडकबाट तल खसेर दुर्घटना भएको थियो।

    जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार उपप्रमुख राना नगरपालिकाको सवारी साधन लिएर अनुगमनका लागि निस्किएका बेला दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

    दुर्घटनापछि प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij