पृथ्वीराजमार्गमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

पृथ्वीराजमार्गमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

शनिवार, आषाढ १३ २०८३
शनिवार, आषाढ १३ २०८३
  • पृथ्वीराजमार्गमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । 

    भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । 

    शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा चितवनमा आज बिहान मृत्यु भएको होे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij