भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ को लागि दुई अर्व चार करोड रुपैंयाको बजेट प्रस्तुत गरेको छ । आज बसेको नगरसभाको १८औं अधिवेशनमा उपप्रमुख रमेश बुढाथोकीले बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटमा आन्तरिक श्रोतका रुपमा सिफारिस दस्तुर, व्यवसाय दर्ता तथा नविकरण शुल्क, घरनक्सा पास दस्तुरबाट ३४ करोड ६ लाख २० हजार आन्तरिक आय हुने अनुमान गरिएको छ । त्यस्तै सवारी साधनको राजस्वबाट आठ करोड २२ लाख र घरजग्गा रजिष्ट्रेशनबाट ८६ करोड रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै संघीय सरकारबाट १६ करोड ३७ लाख, राजस्व बाँडफाँडबाट १२ करोड ४१ लाख ९१ हजार तथा सशर्त अनुदान मार्फत ५५ लाख र विशेष अनुदान मार्याल योजना बैंकमा बहिुवर्षीय योजना अन्तरगत तीन करोड विनियोजन भएकोमा यस आर्थिक वर्षमा एक करोड ५० लाख प्राप्त भएको बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।

त्यस्तै बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान मार्फत एक करोड ४९ लाख ९७ हजार, सशर्त अुनदान मार्फत तीन करोड ५१ लाख २५ हजार तथा विशेष अनुदान मार्फत ७० लाख प्राप्त भएको जनाइएको छ ।
बजेट बक्तव्य प्रस्तुत गर्दै उपप्रमुख बुढाथोकीले श्रोतको सुनिश्चितता भएमा मात्र बजेटले अपेक्षा गरेका उपलब्धीहरु हासिल गर्न नगरवासीहरुलाई सेवा सुविधा उपलब्ध गराउन सकिने भएकाले लक्ष्य अनुसारको राजस्व संकलन हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । बजेट तथा नीति तथा कार्यक्रम असार २८ गते बस्ने अर्को नगरसभाको बैठकले पारित गर्ने उप प्रमुख बुढाथोकीले जानकारी दिए ।