गणतन्त्र दिवसमा प्रभातफेरी

गणतन्त्र दिवसमा प्रभातफेरी

शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • गणतन्त्र दिवसमा प्रभातफेरी

    इनरुवा (सुनसरी)। गणतन्त्र दिवसको उपलक्ष्यमा आज सुनसरी सदरमुकाम इनरुवामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

    सुनसरी जिल्ला मूल समारोह समिति र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिकाका विभिन्न भाग परिक्रमा गरी महानन्द पार्कमा गएर सम्पन्न भएको छ ।

    दिवसको अवसरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले महानन्द पार्कमा संयुक्त रुपमा झण्डा तोलन गरे। प्रभातफेरी कार्यक्रममा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागिता थियो । दिवसकै अवसर पारेर इनरुवा नगरपालिकाको कार्यालयले पहिलो पटक इनरुवा ‘डे’ को आयोजना गरेको छ ।

    नगरपालिका स्थापना भएको दिनलाई मानेर नगरपालिकाको कार्यालयले पहिलोपटक इनरुवा डे कार्यक्रमको आयोजना गरिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij