यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भिरबाट लडेर मृत्यु

यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भिरबाट लडेर मृत्यु

शनिवार, जेठ ९ २०८३
शनिवार, जेठ ९ २०८३
  • यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भिरबाट लडेर मृत्यु
    गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ । आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो । 
     
    बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधबार भिरबाट लडेर मृत्यु भएको वडासदस्य विकास गुरुङले जानकारी दिए। प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको उहाँले बताए । 
     
    डासदस्य गुरुङका अनुसार, आफ्नै चार दाजुभाई यार्सागुम्बा टिप्न गएकामा  प्रकाश अघिअघि हिँडेका थिए । साँझमा बास बस्ने स्थानमा नभेटेपछि खोज्ने क्रममा राति ग्ल्यासियरमा उनको शव फेला परेको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij