काठमाडौं । बीपी राजमार्ग अन्तर्गत खुर्कोट–भकुण्डेबेँसी सडक खण्डमा राति गाडी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज एक सूचना जारी गर्दै राती यातायात चलाउन रोक लगाएको हो ।
रोशी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त भई निर्माणको क्रममा रहेको बीपी राजमार्गमा आज बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रुपमा रोक लगाएको जनाएको छ।
साथै, सो समयपछि पनि वर्षा, अुनमानित बाढी र मौसमको अवस्था हेरेर आवश्यकताका आधारमा सडक आवागमन जुनसुकै बेला पनि रोक लगाइन सकिने सूचनामा पनि जनाइएको छ ।
