दशैंमा नगरकोटमा ‘चंगा चेट फेस्टिवल’, प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ शुल्क

दशैंमा नगरकोटमा ‘चंगा चेट फेस्टिवल’, प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ शुल्क

आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • दशैंमा नगरकोटमा ‘चंगा चेट फेस्टिवल’, प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ शुल्क

    भक्तपुर । दशैं पर्वलाई लक्षित गर्दै पर्यटकीय क्षेत्र नगरकोटमा ‘चंगा चेट फेस्टिवल–२०८३’ आयोजना हुने भएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२, नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिट होटलले असोज २८ देखि ३१ गतेसम्म चारदिने महोत्सव आयोजना गर्न लागेको हो ।

    होटलका अपरेसन म्यानेजर सुरेन्द्र अधिकारीका अनुसार महोत्सवमा सहभागी हुन प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । महोत्सवमा सहभागीले चंगा उडाउनुका साथै माटाका भाँडा बनाउने, मुहारमा चित्र बनाउने र सांगीतिक कार्यक्रममा रमाउने अवसर पाउनेछन् ।

    दशैंको अवसरमा नगरकोट पुग्ने पर्यटकलाई लक्षित गरी होटलले प्याकेजमै दशैंको विशेष खानासमेत उपलब्ध गराउने अधिकारीले जानकारी दिए ।

    दशैंको बिदामा परिवार तथा साथीभाइसँग नगरकोट पुगेर रमाउन चाहनेका लागि होटलले काठमाडौंको बानेश्वरदेखि नगरकोटसम्म यातायातको व्यवस्थासमेत गरेको जनाएको छ ।

    प्राकृतिक सौन्दर्य र मनोरम दृश्यका लागि परिचित नगरकोटमा आयोजना हुन लागेको महोत्सवले दशैंको समयमा घुमफिर गर्न चाहने आन्तरिक पर्यटकलाई चंगा उडाउने, सिर्जनात्मक गतिविधिमा सहभागी हुने र सांगीतिक मनोरञ्जन लिने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij