चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल विजयी, पदाधिकारीमा (क्लिन स्विप)

चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल विजयी, पदाधिकारीमा (क्लिन स्विप)

मंगलवार, बैशाख २२ २०८३
मंगलवार, बैशाख २२ २०८३
  • चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल विजयी, पदाधिकारीमा (क्लिन स्विप)

    काठमाडौँ। नेपाल चिकित्सक संघको केन्द्रीय अध्यक्षमा डा. बद्री रिजाल विजयी भएका छन्। कार्यकारिणी समिति (२०८२(२०८५) का लागि संघको अध्यक्षमा डा. रिजाल विजयी भएका हुन्। 

    निर्वाचन परिणाम अनुसार पदाधिकारीतर्फका सबै पदमा डा. रिजालको प्यानल नै विजयी भएको छ। संघको निर्वाचनमा डा. रिजालले प्रजातान्त्रिक समूहको नेतृत्व गरेका थिए। 

    दुई चरणमा सम्पन्न निर्वाचनमा ७ हजार १०१ मत खसेको थियो । अन्तिम परिणाम अनुसार डा. रिजालले अध्यक्ष ३ हजार १९६ मत प्राप्त गर्दै विजयी बनेका हुन्। उनका निकटतम प्रतिद्वन्दी डा. मंगल रावलले २ हजार ९४० मत प्राप्त गरे । 

    संघको नयाँ नेतृत्व चयन गर्न वैशाख १८ र १९ गते काठमाडौँ उपत्यकामा मतदान सम्पन्न भएको थियो भने त्यस अघि वैशाख ४ र ५ गते उपत्यका बाहिर मतदान भएको थियो। संघको नेतृत्वका लागि निर्वाचनमा डा. रिजाल, डा. रावल र डा. नारायण भुषालको तीन वटा प्यानल प्रतिस्पर्धामा थियो। 

    डा. भुसालले भने ८६९ मत प्राप्त गर्दै तेस्रो बनेका छन्। तीनै समुहबाट गरि कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसैगरी वरिष्ठ उपाध्यक्ष तर्फ डा. संजीव तिवारी विजयी बनेका छन्। 

    उनले ३ हजार ३६ मत प्राप्त गर्दा डा. किर्तिपाल सुवेदीले २ हजार ३०२ मत पाएका छन्। यस्तै डा. अजय कुमार मिश्रले १ हजार ४२१ मत पाएका छन्। 

    यसैगरी महासचिवमा पनि डा. बद्रीकै टिमका उम्मेदवार विजयी भए। सो पदमा डा. विश्वराज दवाडीले २ हजार ७२२ मत पाएका छन्। यसैगरी डा. कालुसिंह खत्रीले २ हजार ४२३, र डा. अमृत भुसालले १ हजार ६४६ मत ल्याएका छन्। 

    कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्य विजयी भए। उनले ३ हजार १८६ मत पाएका छन भने उनका निकटतम प्रतिस्पर्धी  डा.चाँदनी जयसवालले २ हजार ९९ मत पाएकी छन्। यस्तै सोही पदका अर्का उम्मेदवार बिनोद कुमार महासेठले ९७४ मत पाए । 

    यसैगरी सहसचिवमा डा. हुलास अग्रवाल विजयी भए। उनले ३ हजार ५१० मत पाएका छन्। उनका प्रतिस्पर्धी सोही डा. रम जीवन प्रसादले १ हजार ५४० र डा. सन्तोष अधिकारीले १ हजार ४१६ मत पाएका छन्। 

    यस्तै सहकोषाध्यक्षमा डा तेज्सुसिंह मल्लले ३ हजार २७९, डा सुवास गुरुङले २ हजार २९४ र डा राजकुमार दंगालले ८५० मत पाएका छन्। निर्वाचन अन्तर्गत काठमाडौँ उपत्यकामा कुल २ हजार ८५८ मत खसेको थियो। 

    यसैगरी उपत्यका बाहिर कुल ४ हजार २४४ मत खसेको थियो। यसपटकको निर्वाचनमा कुल १६ हजार १०० चिकित्सक मतदानका लागि योग्य मानिएका थिए। यसपटक खसेको मत कुल सदस्य संख्याको ४४.११ प्रतिशत हो। 

    संघको विधानमा १९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने ब्यवस्था छ। जस अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह(कोषाध्यक्ष १ र सदस्य ६ गरी कुल १९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित हुने ब्यवस्था छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij