युएईमा प्रतिरक्षा प्रणालीका तस्बिर–भिडिओ सार्वजनिक गर्ने १० जना पक्राउ

युएईमा प्रतिरक्षा प्रणालीका तस्बिर–भिडिओ सार्वजनिक गर्ने १० जना पक्राउ

शनिवार, फाल्गुण ३० २०८२
शनिवार, फाल्गुण ३० २०८२
  • युएईमा प्रतिरक्षा प्रणालीका तस्बिर–भिडिओ सार्वजनिक गर्ने १० जना पक्राउ

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रहार गरिएका ड्रोन तथा मिसाइल निस्तेज पारिरहेको दृश्यको तस्बिर र भिडिओ खिचेर सार्वजनिक गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ।

    इरानले हालै युएईसहित मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार गरेपछि युएईको हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएको छ। त्यस क्रममा प्रतिरक्षा प्रणालीले आक्रमण निस्तेज पारिरहेको दृश्य कैद गरी सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेपछि युएईले कडाइ थालेको हो।

    यसअघि नै युएई सरकार र त्यहाँका सुरक्षा निकायले यस्तो गतिविधि नगर्न, भिडियो वा तस्बिर नखिच्न तथा सार्वजनिक नगर्न सर्वसाधारणलाई सचेत गराएको थियो।

    बीबीसीका अनुसार प्रतिरक्षा प्रणालीले निस्तेज पारेका दृश्यका तस्बिर र भिडिओ सार्वजनिक गरेको आरोपमा कम्तीमा १० जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूको पहिचान र थप विवरण भने सार्वजनिक गरिएको छैन।

    अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा आक्रमण गरेपछि इरानले त्यसको प्रतिकारस्वरूप क्षेत्रीय अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ड्रोन र मिसाइल प्रहार गरिरहेको बताइएको छ। त्यसैको प्रभाव मध्यपूर्वका विभिन्न देशमा देखिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij