समानुपातिक सांसद चयन गर्न कांग्रेसको कार्यसम्पादन समिति बैठक आइतबार

समानुपातिक सांसद चयन गर्न कांग्रेसको कार्यसम्पादन समिति बैठक आइतबार

शनिवार, फाल्गुण ३० २०८२
शनिवार, फाल्गुण ३० २०८२
  • समानुपातिक सांसद चयन गर्न कांग्रेसको कार्यसम्पादन समिति बैठक आइतबार

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    पार्टी केन्द्रीय कार्यालयले सूचना जारी गर्दै आगामी आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिएको हो । बैठक ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

    बैठकको मुख्य एजेन्डा समानुपातिक सांसदको चयन रहेको जनाइएको छ । निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्यहरूको अन्तिम नाम छनोट गरिनेछ ।

    सोही नामावली निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय गरिने बताइएको छ ।

    नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको समयमा बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ ।

    651003770_1498323971655185_6725065813660147925_n

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij