कम्बोडियाबाट २१ नेपालीको उद्धार

कम्बोडियाबाट २१ नेपालीको उद्धार

शनिवार, फाल्गुण ३० २०८२
शनिवार, फाल्गुण ३० २०८२
  • कम्बोडियाबाट २१ नेपालीको उद्धार

    काठमाडौं । प्रलोभनमा परेर कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका २१ जना नेपाली नागरिकको उद्धार भएको छ ।

    गैरकानूनी कामम लगाइएका साथै कम्बोडियामा विना भिसा बसिरहेका २१ जनालाई थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैरआवासीय नेपाली सङ्घ कम्बोडियाको सहजीकरणमा शुक्रबार नेपाल फर्काइएको छ ।

    यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई स्वदेश फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ । स्क्यामिङ केन्द्रमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको पाइएको छ ।

    नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परेर छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डलगायत देशमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि दूतावासले अनुरोध गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij