काठमाडौं । कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएका छन्। चौहानले शुक्रबार बिहान कान्तिपुर दैनिकको समाचार कक्षमा आफूले पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्।
एक कान्तिपुरकर्मिका अनुसार, चौहानले व्यवस्थापनसँगको समझदारीमै राजीनामा दिएको बताएका छन्। तीन वर्षअघि सम्पादकका रुपमा कान्तिपुर प्रवेश गरेका चौहान दुई बर्षयता प्रधान सम्पादक रहेका थिए।