समानुपातिकबाट दलहरूले पाउने सिटको टुंगो, कुन दलको कति सिट ?

समानुपातिकबाट दलहरूले पाउने सिटको टुंगो, कुन दलको कति सिट ?

शुक्रवार, फाल्गुण २९ २०८२
शुक्रवार, फाल्गुण २९ २०८२
  • समानुपातिकबाट दलहरूले पाउने सिटको टुंगो, कुन दलको कति सिट ?

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिकबाट दलहरूले पाउने सिटको टुंगो लागेको छ । आयोगले समानुपातिक मतका आधारमा दलहरूले पाउँने सिटको टुंगो लगाएको हो । आयोडगका अनुसार, अवको संसदमा ६ दलले समानुपातिक सिट पाएका छन् । जसमध्य
    सबैभन्दा ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाएको छ । 

    दोस्रो बनेको कांग्रेसले २० सिट प्राप्त गरेको छ । एमालेले १६ सिट पाएको पाएको छ । श्रम संस्कृति र राप्रपाले समान चार सिट पाएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा यसअघिनै सार्वजनिक भइसकेको थियो । 

    प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट, नेपाली कांग्रेaसले १८ सिट, नेकपा एमालेले ९ सिट, नेपाली कम्युनिस्ट पार्टीले ८ सिट, श्रम संस्कृति पार्टीले ३ सिट, राप्रपाले १ सिट र स्वतन्त्र उमेदवारले १ सिट जितेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij