ग्यास अबदेखि आधा सिलिन्डर मात्रै पाइने

ग्यास अबदेखि आधा सिलिन्डर मात्रै पाइने

बिहिवार, फाल्गुण २८ २०८२
बिहिवार, फाल्गुण २८ २०८२
  • ग्यास अबदेखि आधा सिलिन्डर मात्रै पाइने

    काठमाडौं । खाना पकाउने ग्यास अबदेखि आधा सिलिन्डर मात्रै पाइने भएको छ। नेपाल आयल निगमको बिहीबारको सञ्चालक समिति बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हो । 

    निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार, वजारमा यथेष्ट मात्रामा ग्यास पठाउँदा पनि अभाव नहटेपछि आधा सिलिन्डर मात्र बिक्री बितरण गर्ने निर्णय गरिएको हो । उपभोक्ताले आवश्यकभन्दा बढी परिणाममा ग्यास सिलिण्डर भण्डार गर्न थालेपछि निगमले बजारमा आधा सिलिन्डर पठाउने निर्णय गरेको भट्टको भनाइ छ ।  

    पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव र पश्चिम एसियामा बढ्दो द्वन्द्वको भयले पनि ग्यास भण्डार गरेर राख्ने प्रवृत्ति बढेको ठहरगर्दै  त्यस्तो निर्णय गरिएको निगमका प्रबक्ता मनोज ठाकुरले बताए । निगमले इन्डियन आयल निगम ९आईओसी०सँग किनेर ग्यास बिक्री गर्दै आइरहेको छ।

    तर पछिल्लो समय भारतमै अभाव हुन थालेपछि मागअनुसारको ग्यास आउन छाडेको बताइएको छ। नेपालमा औसतमा दैनिक १२० बुलेट ग्यास आवश्यक पर्छ। पछिल्लो समय  दैनिक ८० वटाको हाराहारीमा बुलेट आइरहेको छ।

    निगमले यसअघि पनि  अभाव बढेका वेला आधा सिलिन्डर ग्यास वितरण गरेको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij