फोर्ब्स सूचीमा विनोद चौधरी, विश्वका १ हजार ९ सय ८२औँ धनी व्यक्ति

फोर्ब्स सूचीमा विनोद चौधरी, विश्वका १ हजार ९ सय ८२औँ धनी व्यक्ति

बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • फोर्ब्स सूचीमा विनोद चौधरी, विश्वका १ हजार ९ सय ८२औँ धनी व्यक्ति

    काठमाडौं । विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरूको वार्षिक सूचीमा नेपालबाट उद्योगपति विनोद चौधरी परेका छन् । २ अर्ब १ करोड अमेरिकी डलर सम्पत्तिसहित चौधरी विश्वका १ हजार ९ सय ८२औँ धनी व्यक्तिका रूपमा सूचीकृत भएका हुन् ।

    सूचीअनुसार अमेरिकी व्यवसायी एलन मस्क यस वर्ष पनि विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति ८ खर्ब ३९ अर्ब अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ खर्ब ९७ अर्ब डलरले बढी हो । व्यक्तिको नाममा कायम भएको सम्पत्तिमध्ये यो हालसम्मकै उच्च रकम भएको फोर्ब्सले जनाएको छ ।

    सूचीको दोस्रो स्थानमा लारी पेज रहेका छन्, जसको सम्पत्ति २ खर्ब ५७ अर्ब डलर छ । तेस्रो स्थानमा सर्जेइ ब्रिन रहेका छन्, जसको सम्पत्ति २ खर्ब ३७ अर्ब डलर रहेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग २ खर्ब २२ अर्ब डलरसहित पाँचौँ स्थानमा परेका छन् ।

    फोर्ब्सले बर्सेनि सार्वजनिक गर्ने अर्बपतिहरूको सूची यस वर्ष ४०औँ संस्करण हो । यसपटक विश्वभरबाट ३ हजार ४ सय २८ जना अर्बपति सूचीमा परेका छन्, जुन गत वर्षको तुलनामा ४ सय जना अर्थात् १३ दशमलव २ प्रतिशतले बढी हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij