सिरहा जिल्ला अदालत नजिकै बम विस्फोट

सिरहा जिल्ला अदालत नजिकै बम विस्फोट

बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • सिरहा जिल्ला अदालत नजिकै बम विस्फोट

    काठमाडौं । सिरहा जिल्ला अदालत नजिकै बम विस्फोट भएको छ । अदालत र बार भवननजिकै बुधबार दिउँसो बम विस्फोट भएको हाे । 

    जिल्ला अदालतको नजिकै पूर्वपट्टी रहेको मधेश ल फर्ममा बम विस्फोट भएको बताइएको छ ।घटनास्थल नजिकै बार एशोसिएसन सिरहाको कार्यालयसमेत छ । 

    विस्फोट भएको ल फर्म अधिवक्ता मधुसुदन यादवको हाे । सिरहा जिल्ला अदालतका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतिले ल फर्ममा बम विस्फोट भएको जानकारी दिए ।

    घटनास्थलमा प्रहरी आएर अनुसन्धान सुरु गरेको छ । नेपाल बारका महासचिव केदार कोइरालाले ल फर्ममा बम विस्फोटबाट भएकाे क्षतिसहितको थप विवरण आउन बाँकी रहेको बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij