प्रत्यक्षतर्फ सबै १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलको कति सिट ?

प्रत्यक्षतर्फ सबै १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलको कति सिट ?

मंगलवार, फाल्गुण २६ २०८२
मंगलवार, फाल्गुण २६ २०८२
  • प्रत्यक्षतर्फ सबै १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलको कति सिट ?

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ सबै १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार सबैभन्दा बढी सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ । रास्वपाका १२५ उमेदवार विजयी भएका छन् । 

    नेपाली कांग्रेसले १८ सिट जित्दा नेकपा (एमाले) ले ९ सिट जितेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आठ सिट, श्रम संस्कृति पार्टीले तीन सिटमा जित हात पारेका छन् । 

    त्यसैगरी राष्ट्रिय प्रजातान्त्र पार्टीले एक सिट र एक सिटमा स्वतन्त्र उमेदवार विजयी भएका छन् । पछिल्लो मत परिणाम अनुसार संखुवासभामा नेकपा एमालेका अर्जुनकुमार कार्की निर्वाचित भएका छन् । उनी १५ हजार ६३६ मत पाएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।  

    साे क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङ्मा शेर्पा दोस्रो भए । उनले १५ हजार मत पाए ।  नेपाली कांग्रेका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मतसहित तेस्रो भए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij