धनुषा–१ मा मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र

धनुषा–१ मा मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र

मंगलवार, फाल्गुण २६ २०८२
मंगलवार, फाल्गुण २६ २०८२
  • धनुषा–१ मा मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र

    काठमाडौं । निर्वाचन आयोगले धनुषा–१ काे मत परिणाम सार्वजनिक गर्दै विजयी उमेदवारलाई निर्वाचित भएको प्रमाणपत्र दिएकाे छ । साे क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवले निर्वाचित भएको प्रमाणपत्र पाएका हुन् । 

    धनुषा–१ निर्वाचन अधिकृतले सोमबार यादवलाई प्रमाणपत्र दिएका हुन् । रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेज भएपछि साे क्षेत्रमा विवाद भएको थियो । 

    त्यसपछि निर्वाचन आयोगले आजै मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको थियो । यादवले १० हजार ४३० मत ल्याएका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रमपल्टन शाहले ९ हजार ५०२ मत ल्याउँदा एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत पाए । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij