स्कूल बस दुर्घटनामा २३ विद्यार्थी घाइते

स्कूल बस दुर्घटनामा २३ विद्यार्थी घाइते

बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • स्कूल बस दुर्घटनामा २३ विद्यार्थी घाइते

    ढोरपाटन  । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन् । 

    बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बोर्डिङ स्कूल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो । दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जनाकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । 

    उक्त स्कूल बस मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको सहायक प्रजिअ बरालले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij