‘जेन्जी’ जोशका विदुर भन्छन्–‘मेरो प्रतिस्पर्धा कसैसँग छैन ’

‘जेन्जी’ जोशका विदुर भन्छन्–‘मेरो प्रतिस्पर्धा कसैसँग छैन ’

बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • ‘जेन्जी’ जोशका विदुर भन्छन्–‘मेरो प्रतिस्पर्धा कसैसँग छैन ’

    उदयपुर । उमेर ७० वर्ष । तर जेन्जी जोश । गति यस्तो तेज छ, कि युवाहरु नै विदुर बस्नेतसँग घर दैलो गर्दा लखतरान हुन्छन् । तर विदुर गल्दैनन् । हिँड्न् मात्रै होइन उस्तै जोशका साथ मतदातासँग संवाद पनि गर्छन् उनी । मानौं ‘जेन्जी’ उम्मेदवार हुन् उनी ।

    अनुभव, सक्रियता र आत्मविश्वासले भरिएका विदुर बस्नेत फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उदयपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् ।

    f479a18d-8702-45d0-8a36-8dc7adbfbb88.jfif

    नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बस्नेत यसअघि दुई कार्यकाल उदयपुर कांग्रेसको जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । पूख्र्यौली राजनीतिमा रहेको घरानाबाट आएका उनी अहिलेसम्म निस्कलंक र विपक्षीले समेत खोट लगाउन नसक्ने व्यक्तित्वका रूपमा परिचित छन् ।

    d277d24a-bc04-49f2-9ecb-1231422bbdc3.jfif

    उदयपुर क्षेत्र नं. १ नेपाली कांग्रेसको गढका रूपमा चिनिन्छ । यही क्षेत्रबाट कांग्रेस नेता डा। नारायण खड्काले लगातार विजय हासिल गर्दै आएका छन् । यही पृष्ठभूमिमा उम्मेदवार बनेका बस्नेत यसपटक आफ्नो कसैसँग प्रतिस्पर्धा नरहेको दाबी गर्छन् । ‘चुनावमा उठ्ने त अरु पनि छन् तर मेरो प्रतिस्पर्धा कसैसँग छैन ।’ आफ्नो जितप्रति पूर्ण ढुक्क देखिने बस्नेतसँग घरदैलो अभियानमा सक्रिय छन् । 

    9ce9a6f6-cf11-4058-9353-4f0ddefd7faa.jfif

    विदुर बस्नेतका मुख्य एजेन्डामा उदयपुरका दीर्घकालीन समस्या केन्द्रमा छन् । यहाँको मुख्य समस्या बाढी र पहिरो हो, तटबन्ध निर्माणमा प्राथमिकताका साथ लाग्छु,’ बस्नेत भन्छन् । साथै उनी डा। नारायण खड्काले सुरु गराएको उदयपुर विमानस्थलको काम पूरा गर्न आफूले प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता जनाउँछन् । सुकुम्बासी समस्या समाधान, उदयपुरलाई कृषि र शिक्षाको हब बनाउने पहल, रोजगारी सिर्जनामा जोड दिने उनका अन्य प्रमुख एजेन्डा हुन् । 

    25713951-6188-4c0b-b575-acd3f2f46365.jfif

    पार्टी सन्दर्भमा उनी नेपाली कांग्रेसलाई इतिहास बोकेको पुरानो तर नेतृत्वको हिसाबले नयाँ ऊर्जा प्राप्त पार्टीका रूपमा चित्रण गर्छन् । ‘नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेपछि देशभर नयाँ उत्साह छाएको छ,’ बस्नेत भन्छन् । अनुभव, सक्रियता र आत्मविश्वासको संगम मानिने विदुर बस्नेत उदयपुर–१ मा यसपटकको निर्वाचनलाई सहज जितमा बदल्ने तयारीमा देखिन्छन् ।

    117b77ad-bbc7-421b-94b3-8ccc401c7a66.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij