दीपेन्द्र सिंह ऐरीले पाकिस्तान सुपर लिग  खेल्ने

दीपेन्द्र सिंह ऐरीले पाकिस्तान सुपर लिग  खेल्ने

बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • दीपेन्द्र सिंह ऐरीले पाकिस्तान सुपर लिग  खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप कप्तान दीपेन्द्र सिंह ऐरीले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन् । ऐरीलाई इस्लामावाद युनाइटेडले  अनुबन्ध गरेको हो । 

    पीएसएलका लागि बुधबार भएको अक्सनमा इस्लामावादले दीपेन्द्रलाई ६० लाख पाकिस्तानी रुपैयाँ (३१ लाख १० हजार) रुपैयाँमा खरिद गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पूर्ण सदस्य राष्ट्रले आयोजना गर्ने फ्रेन्चाइज लिगमा दीपेन्द्रले पहिलो पटक  अवसर पाएका हुन्।  

    यसअघि  सन्दीप लामिछानेले आइपिएललगायत विश्वका शीर्षस्थ लिग खेलेका थिए । विश्वकपको पहिलो खेलमा दीपेन्द्रले इंग्ल्यान्डविरुद्व सर्वाधिक ४४ रन बनाउनुको साथै २ विकेट लिएका थिए।
     
    सोही खेलबाट दीपेन्द्रले टि ट्वान्टी आईमा २ हजार रन पूरा गरेका थिए। दीपेन्द्रले ९१ खेलमा ६० विकेट लिएका छन्।  

    अलराउन्डर विश्व वरीयताको छैटौं स्थानमा रहेका दिपेन्द्रले सन् २०२३ को एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक बनाउँदै कीर्तिमान बनाएका थिए। पीएसएलको अक्सनका लागि दीपेन्द्रसहित ९ नेपाली खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij