म मिडियामा कम र जनताको घरदैलोमा बढी पुगिरहेकी छु: झापा ५ की कांग्रेस उम्मेदवार मन्धरा

म मिडियामा कम र जनताको घरदैलोमा बढी पुगिरहेकी छु: झापा ५ की कांग्रेस उम्मेदवार मन्धरा

बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • म मिडियामा कम र जनताको घरदैलोमा बढी पुगिरहेकी छु: झापा ५ की कांग्रेस उम्मेदवार मन्धरा

    झापा । नेपाली कांग्रेसबाट झापा ५ की उम्मेदवार मन्धरा चिमरियाले आफू यही क्षेत्रको स्थानीय भएको र सबै स्थानीयको गुनासो सुनेर काम गरेकाले आफुले चुनाव जित्ने दाबी गरेकी छिन् । 


    दमकमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले स्थानीय तहमा समाजसेवा गर्दै आएको र बालबालिकाको क्षेत्रमा काम गर्दै आएकाले स्थानीयहरूले आफुलाई विश्वास गर्ने बताइन् । 

    उनले भनिन्, 'म यहीँको स्थानीय हो । मेरो क्षेत्रमा मैले स्थानीयहरूको समस्या र गुनासो दुवै सुनेर काम गरेकी छु। बालबालिकाको क्षेत्रमा पनि विशेष काम गर्दै आएकीले यहाँ मलाई सबैले चिन्नुहुन्छ। मतदाता नै मेरो परिवार हो । भोट यसपालि मलाई नै दिनुहुन्छ ।' उनले  आफू मिडियामा कम आए पनि जनताको घरदैलोमा सधैं पुग्ने गरेको बताइन् । 

    aaa2578f-2b36-45e9-bbab-65a958b8ea4f.jfif

    उनले भनिन्, 'म मिडियामा कम र जनताको घरदैलोमा सधैँ पुगिरहेकी छु।त्यसकारण मलाई उहाँहरूको मतप्रति विश्वास छ।' 

    झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता वालेन्द्र साह बालेन पनि उम्मेदवार रहँदा उनीहरूका मात्र चर्चा मिडियामा भएकोप्रति चिमरियालाई कुनै गुनासो नभएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij