कांग्रेस मधेस प्रदेशका कोषाध्यक्ष यादवको निधनप्रति दुःख व्यक्त

कांग्रेस मधेस प्रदेशका कोषाध्यक्ष यादवको निधनप्रति दुःख व्यक्त

बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • कांग्रेस मधेस प्रदेशका कोषाध्यक्ष यादवको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ ।  नेपाली कांग्रेसले पार्टीका मधेस प्रदेश कार्यसमिति कोषाध्यक्ष एवं हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवको निधनप्रति दुःख व्यक्त गरेको छ । 

    पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी स्व यादवले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको बताए । यादवको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

    यादवको निधनप्रति कांग्रेस सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । “पार्टीका नेता यादवको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ, स्व यादवले पार्टी सङ्गठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको सक्रिय भूमिकाको स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, शोक भनिएको छ ।

    सभापति थापाले स्व यादवको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । 

    मधेस प्रदेशका नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका यादवको उपचारका क्रममा गए राति नर्भिक अस्पतालमा निधन भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij