पाकिस्तानको लगातार दोस्रो जित, अमेरिका ३२ रनले पराजित

पाकिस्तानको लगातार दोस्रो जित, अमेरिका ३२ रनले पराजित

बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • पाकिस्तानको लगातार दोस्रो जित, अमेरिका ३२ रनले पराजित

    काठमाडौं । आईसीसी पुरुष टी२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ।
    पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको पाकिस्तानले मंगलबार राति सम्पन्न खेलमा अमेरिकालाई ३२ रनले पराजित गरेको हो।  

    पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट क्षतिमा १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य पछ्याएको अमेरिका २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमा समेटिएको थियो।
     
    पाकिस्तानका लागि साहिबजादा फर्हानले सर्वाधिक ७३ रन बनाए ।  त्यसैगरी बाबर आजमले ४६, साधव खानले ३० रनको योगदान गरे। बलिङतर्फ अमेरिकाका स्याडले भान स्काकिकले ४ विकेट, सौरभ नेत्रावल्कर, मोहम्मद मोसिन र हरमित सिंहले समान १ विकेट लिए। विशाल लक्ष्य पछ्याएको अमेरिकाका लागि रञ्जनेले ५१ रन,  शायन जहानगिरले ४९, मिलिन्द कुमारले २९ रन जोडेपनि त्यो जितका लागि प्रयाप्त भएन ।
     
    पाकिस्तानका उसमान तारिकले ३, साधव खानले २ तथा मोहम्मद नवाज, अब्रार अहमद र शाहीन शाह अफ्रिदीले समान १ विकेट लिए। जितसँगै पाकिस्तानको समूह एमा ४ अंक भएको छ भने भारत र नेदरल्यान्ड समान २ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। 

    समूह चरणको तेस्रो खेलमा पाकिस्तानले अब आइतबार चिर प्रतिद्वन्द्वी भारतविरुद्ध खेल्नेछ। सो खेल श्रीलंकामा हुनेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij