रामेछापमा बस दुर्घटना, चार जनाको मृत्यु

रामेछापमा बस दुर्घटना, चार जनाको मृत्यु

मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • रामेछापमा बस दुर्घटना, चार जनाको मृत्यु

    रामेछाप ।  रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए । 

    काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो । 

    रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ । उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij