पाकिस्तानले भारतसँगको टी–२० विश्वकप खेल्ने

पाकिस्तानले भारतसँगको टी–२० विश्वकप खेल्ने

मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • पाकिस्तानले भारतसँगको टी–२० विश्वकप खेल्ने

    मुम्बई । पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । पाकिस्तानले आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको हो । 

    सो निर्णय संगै पाकिस्तान फेब्रुअरी १५ मा कोलम्बोमा हुने समूह चरणको खेलमा भारतविरुद्ध मैदान उत्रिने भएको छ । पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत बिभिन्न देशको अनुरोध र पछिल्लो सहमतिलाई ध्यानमा राखेर भारतसँगको खेल खेल्न लागिएको जनाएको छ । 

    पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० का अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफलाई आईसीसी, बंगलादेश क्रिकेट बोर्ड ९बीसीबी० र पीसीबीबीच भएको उच्चस्तरीय छलफलका निष्कर्षबारे जानकारी गराएका थिए । 

    पछिल्लो पहलअन्तर्गत पाकिस्तानका प्रधानमन्त्री शरीफ र श्रीलंकाका राष्ट्रपति अनुर कुमार दिसानायकेबीच टेलिफोन वार्ता भएको थियो । वार्तामा श्रीलंकाली राष्ट्रपतिले वर्तमान गतिरोध समाधानका लागि सकारात्मक निर्णय लिन आग्रह गरेका थिए । 

    यसअघि पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेको थियो । यसैबीच बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिन उल इस्लामले व्यक्त गरेको आभारप्रति पाकिस्तानले सकारात्मक प्रतिक्रिया दिएको छ र बंगलादेशसँग सदैव साथ रहने प्रतिबद्धता दोहोर्‍याएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij