दक्षिण अफ्रिकाको  बिजयी  सुरुआत, क्यानडा५७ रनले पराजित

दक्षिण अफ्रिकाको  बिजयी  सुरुआत, क्यानडा५७ रनले पराजित

मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • दक्षिण अफ्रिकाको  बिजयी  सुरुआत, क्यानडा५७ रनले पराजित

    काठमाडौं । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले बिजयी  सुरुआत गरेको छ । क्यानडाविरुद्ध ५७ रनको सहज जित निकाल्दै दक्षिण अफ्रिकाले बिजयी शुरूवात गरेको हो । 

    भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा सोमबार राती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले क्यानडालाई २१४ रनको लक्ष्य दिएको थियो । क्यानडाले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ५७ रनमात्र बनाउन सक्यो । 

    क्यानडाका नवनित धलिवालले ४९ बलमा सात चौका र एक छक्का सहित सर्वाधिक ६४ रन बनाए । हर्ष थाकेरले २९ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन थपे । 

    क्यानडाका कप्तान दिलप्रीत बाज्वा र जसकरन सिंह गोल्डेन डक भए । दक्षिण अफ्रिकाका लुन्गी एन्गिडीले ३१ रन खर्चिएर चार विकेट लिए । 

    मार्को यान्सेनले दुई, कगिसो रबाडा र कोर्बिन कोस्चले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २१३ रनको योगफल खडा गरेको थियो । 

    जारी विश्वकपको यो सबैभन्दा ठूलो योगफल हो । दक्षिण अफ्रिकाका ओपनर तथा कप्तान आइदेन मार्करमले
    ३२ बलमा १० चौका र एक छक्कासहित सर्वाधिक ५९ रन बनाए । अर्का ओपनर क्विन्टन डी ककले २५ रन, 
    डेविड मिलरले ३९ रन र रायन रिकेलटनले ३३ रन थपे ।  

    क्यानडाका अंश पटेलले ३१ रन खर्चिएर तीन विकेट लिए । त्यसैगरी  कप्तान दिलप्रीत बाज्वाले एक विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij