बैतडीमा एक पुरुष मृत फेला

बैतडीमा एक पुरुष मृत फेला

सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • बैतडीमा एक पुरुष मृत फेला

    दशरथचन्द  । बैतडीको सिगासमा एक पुरुष मृत फेला परेका छन् । सिगास गाउँपालिका–१ दुदीलाखानका ३५ वर्षीय खडकबहादुर विष्ट आज बिहान १० बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

    आइतबार राति ९ बजेतिर घरबाट बजार जान्छु भनी निस्केका विष्ट घरबाट करिब १०० मिटर टाढा गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेको उनले बताए ।

    विष्टको शव फेला परेको विषयमा प्रहरीलाई जानकारी आएपछि इलाका प्रहरी कार्यालय पाटनबाट घटनास्थलतर्फ प्रहरी टोली गएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij