काठमाडौं । आईसीसी टी–२० विश्वकपमा श्रीलंकाले विजयी सुरुआत गरेको छ । आइतबारराती सम्पन्न खेलमा आयरल्यान्डलाई २० रनले पराजित गर्दै श्रीलंकाले विजयी सुरुआत गरेको हो । घरेलु टोलीले
कोलोम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलंकाका महिश थेक्षना र वनिन्दु हसरंगालेले समान तीन विकेट लिए ।
महिश पथिरानाले दुई विकेट लिए तथा दुनिथ वेल्लालागे र दुसमन्था चमिराले समान एक विकेट लिए ।
आयरल्यान्डका ह्यारी टेक्टोरले ३४ बलमा सर्वाधिक ४० रन बनाए । रोस अडायरले ३४ रन जोडे । लार्कान टुकरले २१, कर्टिस क्याम्फेर १३ र मार्क अडायरले १० रन जोडे ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो ।
श्रीलंकाका कुशल मेन्डिजले ४३ बलमा पाँच चौकासहित सर्वाधिक ५६ रन बनाए ।
कामिन्दु मेन्डिजले १९ बलमा चार चौका र दुई छक्कासहित ४४ रन जोडे । कप्तान पथयुम निस्सांकाले २४ रन, आपेनर कमिल्ब मिश्राराले १४ रन बनाए ।
आयरल्यान्डका जर्ज डोक्रेल र ब्यारी म्याकर्थीले समान दुई विकेट लिए । ग्यारेथ डेलानी र मार्क अडायरले समान एक विकेट लिए ।
समूह ‘बी’ मा आयरल्यान्ड र श्रीलंकासँगै ओमान, जिम्बाब्वे र अस्ट्रेलिया रहेका छन् ।