दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाड्न अदालतको आदेश

आइतवार, माघ २५ २०८२
आइतवार, माघ २५ २०८२
  • दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाड्न अदालतको आदेश

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई अदालतले हाजिर जमानीमा छाड्न आदेश दिएको छ ।

    विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा प्रहरीले अस्ति शुक्रवार प्रसाईंलाई पक्राउ गरी म्याद थपका लागि अदालत उपस्थित गराएको थियो । तर अदालतले हाजिर जमानीमा छाड्न आदेश दिएको साइबर ब्युरोले जनाएकाे छ ।

    विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै कारबाहीका लागि निर्वाचन आयोगले पत्र पठाएको प्रहरीको दाबी छ । प्रसाईंलाई पर्साको वीरगञ्जमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा प्रहरीले काठमाडौंको दक्षिणकाली नगरपालिकाकाे चाल्नाखेलबाट पक्राउ गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij