वरिष्ठ कलाकार सुनिल थापाको निधन

वरिष्ठ कलाकार सुनिल थापाको निधन

शनिवार, माघ २४ २०८२
शनिवार, माघ २४ २०८२
  • वरिष्ठ कलाकार सुनिल थापाको निधन

    काठमाडौं । ‘राते काइँला’ नामले नेपाली चलचित्रमा गहिरो छाप छोडेका वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । अचानक स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका थापाको उपचारका क्रममा निधन भएको बताइएकाे छ ।

    लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहेका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत स्तब्ध बनेको छ । उनलाई नेपाली चलचित्रको एक महत्वपूर्ण ‘धरोहर’ का रूपमा लिइन्थ्यो ।

    थापाले नेपाली चलचित्रमा खलनायक पात्रलाई पनि नायक सरह लोकप्रिय र सम्मानित बनाउने योगदान दिए । विशेषतः चलचित्र चिनो मा निर्वाह गरेकाे ‘राते काइँला’ पात्रले उनलाई दर्शकमाझ अमर बनाएको थियो । शक्तिशाली अभिनय, संवाद प्रस्तुति र व्यक्तित्वका कारण उनी खलनायक भूमिकामै भए पनि दर्शकका प्रिय कलाकार बन्न सफल थिए ।

    नेपाली चलचित्रसँगै भारतीय चलचित्र उद्योगमा पनि थापाको उल्लेखनीय उपस्थिति रह्यो । उनले बलिउडका केही चर्चित चलचित्रमा अभिनय गरेका थिए, जसले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली कलाकारको पहिचान स्थापित गर्न सहयोग पुर्‍याएको थियो ।

    परिवारका अधिकांश सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आए पनि थापा पछिल्लो समय काठमाडौंको शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij