क्यानका पूर्वमहानिर्देशक अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश सर्वोच्चद्वारा सदर

क्यानका पूर्वमहानिर्देशक अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश सर्वोच्चद्वारा सदर

शनिवार, माघ २४ २०८२
शनिवार, माघ २४ २०८२
  • क्यानका पूर्वमहानिर्देशक अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश सर्वोच्चद्वारा सदर

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सदर गरेको छ ।

    शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले विशेष अदालतको आदेशलाई सदर गरेको हो । विशेष अदालतले थुनामा पठाउने आदेश गरेपछि अधिकारी त्यसविरुद्ध निवेदन लिएर सर्वोच्च पुगेका थिए । यसअघि मङ्सिर २१ गते विशेष अदालतले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

    नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाखरुपैयाँ भ्रष्टाचार गरेको बिगो माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५ जनाविरुद्ध मङ्सिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij