विराटनगर । बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका एक उपरीक्षक (एसपी) को उपचारकै क्रममा निधन भएको छ । नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा शुक्रबार अपरान्ह बेहोस भएर ढलेका सशस्त्रका एसपी राजेश घिमिरेको राती नाै वजे निधन भएको हाे ।

मोरङको बिराटचोकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी सम्मिलित डीआईजी तहको बैठककै क्रममा घिमिरे बेहोस भएर ढलेका थिए । उपचारका क्रममा विराट मेडिकल कलेजमा राति नाैउनकाे मृत्यु भएको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले बताए ।
उनलाई उच्च रक्तचाप पनि देखिएको थियो । बैठकका क्रममा ढलेका उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।