अब तार बिना मुटु जाँच : नेपाल भित्रियो वायरलेस होल्टर प्रविधि

अब तार बिना मुटु जाँच : नेपाल भित्रियो वायरलेस होल्टर प्रविधि

शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • अब तार बिना मुटु जाँच : नेपाल भित्रियो वायरलेस होल्टर प्रविधि

    भक्तपुर । मुटु रोगको पहिचान र निगरानीमा नयाँ क्रान्ति मानिएको वायरलेस होल्टर मोनिटरिङ प्रविधि अब नेपालमा पनि प्रयोगमा आएको छ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा। रोशन राउतका अनुसार यो प्रविधिबाट अब मुटुका बिरामीलाई ३ देखि ७ दिनसम्म निरन्तर मुटुको धड्कन जाँच गर्न सकिनेछ ।

    डा। राउत भक्तपुरको गठ्ठाघरमा रहेको हेल्दीहार्ट अस्पतालमा समेत कार्यरत छन् । उनका अनुसार यो प्रविधि सजिलो, सुरक्षित र अत्याधुनिक भएकाले मुटु रोगको पहिचान अझ प्रभावकारी हुने छ । “अब बिरामीले तार जोडेर अस्पतालमै बस्नुपर्ने अवस्था छैन,” डा। राउत भन्छन्, “दैनिक जीवनमै रहँदा पनि मुटुको गतिविधि निरन्तर निगरानी गर्न सकिन्छ ।”

    नेपालमा पहिलो पटक 
    हेल्दीहार्ट अस्पतालका निर्देशक राम आचार्यका अनुसार यो प्रविधि नेपालमा पहिलो पटक भित्राईएको हो । “यो प्रविधि नेपालका लागि मात्र होइन, संसारकै लागि नयाँ हो,” आचार्य भन्छन्, “यसले मुटु रोगीको जीवनलाई धेरै सहज बनाउनेछ ।”

    मेक–इन–इन्डिया अवधारणाअन्तर्गत डिजाइन तथा विकास गरिएको यो प्रविधि हालसम्म विश्वभर २ लाखभन्दा बढी बिरामीले प्रयोग गरिसकेका छन् । यसको सटीकता, विश्वसनीयता र बिरामीमैत्री स्वरूपका कारण कार्डियोलोजी क्षेत्रमा यसको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । आचार्यका अनुसार यो प्रविधि मुटुरोगको क्षेत्रमा एउटा क्रान्ति नै हो ।

    तार–रहित, हल्का र सहज

    mesinw.jpg
    परम्परागत होल्टर मेसिनमा बिरामीको शरीरमा विभिन्न तार जडान गरी २४ घण्टासम्म मुटुको गतिविधि रेकर्ड गरिन्थ्यो । त्यसपछि उक्त डाटा अस्पतालमा कम्प्युटरमा डाउनलोड गरेर मात्र रिपोर्ट तयार हुन्थ्यो । तर नयाँ वायरलेस होल्टर मेसिन पूर्ण रूपमा तार–रहित, हल्का र प्रयोगपछि फाल्न मिल्ने ९डिस्पोजेबल० प्रविधिमा आधारित छ । यसले बिरामीलाई हिँड्न, काम गर्न, सुत्न, नुहाउन वा दैनिक क्रियाकलाप गर्न कुनै अवरोध पु¥याउँदैन ।

    हिँड्न नसक्ने, पक्षाघात भएका वा बारम्बार अस्पताल आउन नसक्ने बिरामीका लागि पनि यो प्रविधि वरदान सावित भएको चिकित्सकहरू बताउँछन् । यसले अनावश्यक यात्रा हटाएर समय र खर्च दुवै बचत गर्ने विश्वास गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij