अर्नब चक्रवातको प्रभाव कमजोर बन्दै, मौसममा क्रमिक सुधार

अर्नब चक्रवातको प्रभाव कमजोर बन्दै, मौसममा क्रमिक सुधार

आइतवार, कार्तिक १५ २०८३
आइतवार, कार्तिक १५ २०८३
  • अर्नब चक्रवातको प्रभाव कमजोर बन्दै, मौसममा क्रमिक सुधार

    काठमाडौँ । अर्नब चक्रवातको प्रभाव क्रमसः कमजोर बन्दै गएको छ । अर्नबको प्रभाव कमजोर भएसंगै मौसममा क्रमिक सुधार आउँन थालेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ ।

     हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ । बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । आज राति पनि देशभर आंशिक बादल लाग्नेछ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij