कहाँ कहाँ छ आज भारी वर्षाको सम्भावना ?

कहाँ कहाँ छ आज भारी वर्षाको सम्भावना ?

बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • कहाँ कहाँ छ आज भारी वर्षाको सम्भावना ?

    काठमाडौं । आज वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार वाग्मती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका  एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    आज दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । 

    त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जनरचट्याङ र असिनासहित हल्का वर्षारहिमपातको सम्भावना छ । मधेसलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा  लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको  वर्षाको सम्भावना छ । 


    कोसी र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij